1 Timothy 6:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासी दाजुभाइ नै हुन् भनेर आफ्नो विश्वास गर्ने मालिकको कम आदर गर्ने नगर। राम्ररी उनीहरूको सेवा गर्ने गर किनभने उनीहरूलाई फाइदा हुनु आफ्नै प्यारा विश्वासी दाजुभाइलाई फाइदा हुनु हो। यिनै कुरामा शिक्षा र उत्साह दिने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसका मालिकहरू विश्वासी छन्; तिनीहरूले ती मालिकहरू विश्वासमा सङ्गी विश्वासीहरू हुन् भनेर अनादर नगरून्; बरु तिनीहरूका सेवाबाट लाभ उठाउने विश्वासी नै हुन्। अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूको भलो चिताउँछन् भनेर तिनीहरूको सेवा अझ राम्रोसँग गरून्। यी कुराहरू तिमीले सिकाउनू र आग्रह गर्नू।
Nepali ERV (पवित्र बाइबल)
केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्। मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।
Nepali Tamang 2011
विश्वासरी ज्योज्यो आले नाना आङा तजी भिदेमा विश्वास लबा मालिकदा विश्वास लबा नोकरगदेसे मान आलबा आहिन। बरु थेनीगदेसे ह्राङला मालिकदा अझ ज्यना लसी मान लगै। तिग्दा भिसम थेनीगदेसे लबा गेग्याम ह्राङलान सेम निबा विश्वासीगदेदान फाइदा तबा हिन्ना। चु अन्छार गे लउ भिसी थेनीगदेदा लोप्सी आँट पिन्गो।