1 Timothy 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमोथी, तिम्रो जिम्‍मामा दिएका कुरालाई राम्ररी हेरचाह गर। कतिपय मानिसहरूले संसारका मूर्ख कुरा र ‘ज्ञान’ भनेर मानेको झूटो कुराबाट अलग होओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमोथी, जे तिमीलाई सुम्‍पिएको छ, त्‍यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्‍डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्‍याग गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस।
Nepali ERV (पवित्र बाइबल)
तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।
Nepali Tamang 2011
तिमोथी, एदा जुन गे जिम्‍मा पिन्‍बा मुला, थे जोगब लसी थान्‍गो। ओच्‍छे परमेश्‍वरदा आतेन्‍बा तामदेन आतोःबा तामगदे चा भिथाला ज्ञान जे हिन्‍ना। थेतबासेलमा थेह्रङ्बा तामगदे ख्‍लागो।