1 Timothy 6:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ केही नबुझी त्यसै घमण्डले फुल्छ। ऊ त झगडा गर्ने रोग लागेको मानिस हो। उसले शब्दशब्दमा लडाइँ गर्छ। यसले त डाह, झगडा गाली र नराम्रो शङ्का मात्रै गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगड़ा गर्न खोजिहिँड्छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्; तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्न गराउँछन्;
Nepali ERV (पवित्र बाइबल)
झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।
Nepali Tamang 2011
थे म्हिसे ङा ह्रङ्बा खालै आरे भिसी भ्रमुला, तर थेसे तिगै आघोमुला। थे भिथाला ताम लबादेन ताम गिक गिकरी कल लबा रोगसे स्याप्बा म्हि हिन्ना। चुह्रङ्बा तामगदेसे डाह लबा, कल लबा बिरोध लबादेन नइबा म्हन्बा ताम खना लमुला।