2 Chronicles 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले चौध सय रथ र बाह्र हजार घोड-चढीहरूको एउटा सेना तयार गरे। तीबाट केही उनले यरूशलेममा राखे र बाँकी अरू विभिन्न सहरहरूमा खटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले धेरै रथ र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।