2 Chronicles 1:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूसित गिबोनका आराधना-स्थलमा जाने आज्ञा गरे। तिनीहरू त्यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्यहीँ राखिएको थियो। त्यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा बनाएको परमेश्वरको भेट हुने पाल त्यहीँ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्वरको भेट हुने पाल त्यहीँ थियो।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरूभूमिमा थिए।