2 Chronicles 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्‍ने राखिएको थियो। त्‍यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्‍यहीँ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए।
Nepali ERV (पवित्र बाइबल)
ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए।