2 Chronicles 10:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबाम शेकेममा गए, किनभने सारा इस्राएल तिनलाई राजा तुल्याउन त्यहाँ गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए।