2 Chronicles 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, ‘म ती बोझ अझ गह्रौं पारिदिनेछु।’ उनले तिमीहरूलाई हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर म त्‍यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”‘