2 Chronicles 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ बनाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवान मानिसहरूको सल्लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्रा द्वारा दण्ड दिने छु।”