2 Chronicles 10:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र उनका सन्तानलाई नाश गर। तिनीहरूले हाम्रा लागि कहिले, के नै गरे र? इस्राएलका मानिसहरू हो! हिंड, घर जाऔं! रहबाम आफैंले आफ्नो बाटो सम्हालोस्!” यसरी इस्राएलका मानिसहरूले राजद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजाले तिनीहरूको कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएल हो, आ-आफ्नो पालमा जाओ, हे दाऊद, तिम्रो आफ्नै घर सँभाल।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए।