2 Chronicles 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए।
Nepali ERV (पवित्र बाइबल)
यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।