2 Chronicles 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबाम राजाले आफ्ना बुबाका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह गरे। तिनले सोधे, “यी मानिसहरूलाई म के उत्तर दिऊँ, के-के सल्लाह दिन्छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित यसो भनेर सल्लाह मागे, “यी मानिसहरूलाई मैले कस्तो जवाफ दिने तपाईंहरू के सल्लाह दिनुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्लाह दिनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”