2 Chronicles 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब रहबाम राजा यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल लडाकु सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलको उत्तरी भागका कुलहरूमाथि फेरि आफ्नो अधिकार गर्ने तिनको इच्छा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्नो निम्ति राज्य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
Nepali ERV (पवित्र बाइबल)
जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे।