2 Chronicles 11:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले आफ्ना भेडाका खर्क र अरू जग्गाहरू त्यागेर यहूदा र यरूशलेममा बसाइँ सरे किनभने इस्राएलका राजा यारोबाम र उनीपछिका राजाहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारी भई उहाँको सेवा गर्न दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरू आफ्ना सबै खर्क र पैतृक-जग्गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्न आए, किनकि यारोबाम र तिनका सन्तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्चित गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।