2 Chronicles 11:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामका जम्‍मा अठार जना बिहाइते र साठी जना ल्‍याइते स्‍वास्‍नीहरू थिए र उनी अट्‌ठाइस छोरा र साठी छोरीहरूका बुबा भए। आफ्‍ना स्‍वास्‍नी र रखौटीहरूमध्‍ये उनले माकालाई सबैभन्दा धेरै माया गर्थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना सबै पत्‍नी र उपपत्‍नीहरूमध्‍ये रहबामले माकालाई ज्‍यादै प्रेम गर्थे। तिनका जम्‍मा अठाह्र पत्‍नी र साठी उपपत्‍नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।