2 Chronicles 12:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामले आफ्नो राज्य-अधिकार कायम गर्नासाथ तिनी र तिनका प्रजाले परमप्रभुको व्यवस्थालाई त्यागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामको राज्य स्थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्यवस्था त्यागे— तिनी र तिनीसँग जम्मै इस्राएलले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे।
Nepali ERV (पवित्र बाइबल)
रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।