2 Chronicles 12:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामका सुरुदेखि अन्‍तसम्‍मका कामहरू र उनका परिवारको इतिहास शमायाह अगमवक्ताको इतिहास र इद्दो अगमवक्ताको इतिहासको किताबहरूमा लेखिएको छ। रहबाम र यारोबाम आपसमा एकोहोरो लडाइँ गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा लेखिएका छैनन्‌ र? रहबाम र यारोबामका बीचमा निरन्‍तर लड़ाइँ भइरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।