2 Chronicles 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाह्र सय रथ, साठी हजार घोडचढी र अनगन्ती पैदल सिपाहीहरूको सेना लिएर हमला गरे। पैदल सेनामा लिबियाली, सुक्किया र कूशी फौजहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्किया र कूशीहरूका असंख्य दलहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।
Recommended Reading