2 Chronicles 13:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरूले आफ्‍ना चारैपट्टि हेरे र आफूलाई शत्रुले दुवैपट्टिबाट घेरेको देखे। तिनीहरूले परमप्रभुलाई सहायताको निम्‍ति पुकारे र पूजाहारीहरूले तुरही फुके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहूदाका मानिसहरूले फर्केर हेरे, तब तिनीहरूले लड़ाइँ आफ्‍नो अघि र पछि दुवैतिर रहेछन्‌ भनी देखे। तब तिनीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे। पूजाहारीहरूले आफ्‍ना तुरही फुके, र यहूदाका मानिसहरूले चिच्‍च्‍याएर कराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके।
Nepali ERV (पवित्र बाइबल)
जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।