2 Chronicles 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी यहूदाका मानिसहरू इस्राएलमाथि विजयी भए किनभने तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्वर परमप्रभुमा भर परेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला इस्राएलीहरू पराजित भए, र यहूदाका मानिसहरू विजयी भए, किनभने तिनीहरूले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा राखे।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।