2 Chronicles 13:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरूलाई थाहा छैन कि परमप्रभु इस्राएलका परमेश्वरले दाऊदसित एउटा कहिल्यै नटुट्ने करार बाँध्नुभएर उनका सन्तानलाई सदाकालको निम्ति इस्राएलको राज्य दिनुभएको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न राज्य दिनुभएको हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह इस्राएलका परमेश्वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।