2 Chronicles 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछि उनले केही बेकामका बदमासहरूको एक झुन्डलाई साथमा लिएर सोलोमनका छोरा रहबामलाई आफूले भनेअनुसार गर्न कर लाए। त्यस बेला रहबाम साना र कलिलै थिए र तिनीहरूको सामना गर्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बेकम्मा बदमाशहरू त्यसको साथमा लागे, र तिनीहरू सोलोमनका छोरा रहबाम कलिलै र अनुभव नभएका देखेर जिद्दी गरेर तिनको विरुद्धमा उठे। त्यस बेला रहबाम तिनीहरूलाई विरोध गर्न सक्ने थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए।
Nepali ERV (पवित्र बाइबल)
तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभवहीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।