2 Chronicles 14:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसाले परमप्रभु आफ्ना परमेश्वरसँग प्रार्थना गरे, “हे परमप्रभु, मलाई सजिलैसित कमजोर सेनालाई पनि बलियो सेनाका सामुन्ने सहायता गर्न सक्नुहुन्छ। परमप्रभु! हाम्रा परमेश्वर! अहिले हामीलाई सहायता गर्नुहोस् किनभने हामी तपाईंमा भर परेका छौं र तपाईंको नाउँमा यो ठूलो सेनासँग लडाइँ गर्न आएका छौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, तपाईंलाई जित्ने आशा कसैले राख्न सक्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आसाले परमप्रभु आफ्ना परमेश्वरको पुकारा गरेर भने, “हे परमप्रभु, बलियाको सामना गर्न कमजोर जस्तोसुकै मानिसहरूलाई सहायता दिने त तपाईंजस्तै अरू कोही छैन। हे परमप्रभु हाम्रा परमेश्वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, यसर्थ कोही मानिस तपाईंको विरुद्धमा खड़ा नहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आसाले याहवेह तिनका परमेश्वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”