2 Chronicles 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसा राजाका सेनामा ढाल र भाला भिरेका यहूदाका तीन लाख र ढाल र धनु-काँड लिएका बेन्यामीनका दुई लाख असी हजार सिपाहीहरू थिए। ती सबै साहसी र असल तालिम पाएका सैनिकहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाबाट ढाल र भालाहरूले सुसज्जित भएका तीन लाख मानिसहरू र बेन्यामीनबाट दुई लाख असी हजार ढाल बोक्ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।