2 Chronicles 15:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसा राजाले आफ्नी बज्यै माकालाई राज-माताको पदबाट हटाइदिए किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो मूर्ति काटेर ढाले, टुक्रै-टुक्रा पारे र टुक्राहरू किद्रोनको खोल्सामा जलाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसा राजाले आफ्नी बज्यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्दो मूर्ति तिनले राखेकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र त्यसलाई धूलोपीठो पारेर किद्रोन खोल्सामा जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए।