2 Chronicles 15:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब आसाले ओदेदका छोरा अजर्याहको मुखबाट यस्तो अगमवाणी सुने, उनको आँट बढ्यो। उनले यहूदा र बेन्यामीन देशमा भएका सबै मूर्तिहरू र आफूले एफ्राइमको पहाडी इलाकामा कब्जा गरेका सहरहरूमा पाएका सबै मूर्तिहरू हटाइदिए। उनले मन्दिरको चोकमा भएको परमप्रभुको वेदी पनि मरमत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्यामीन र तिनले कब्जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।