2 Chronicles 16:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसा राजा भएको उनन्चालीसौं वर्षमा एउटा खुट्टाको नराम्रो रोगले उनी खोरण्डे भए। त्यस बेला पनि उनी सहायताको निम्ति परमप्रभुतिर फर्केनन् तर वैद्यहरूतिर पो फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो शासनकालको उनन्चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्यो। त्यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे।
Nepali ERV (पवित्र बाइबल)
आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।