2 Chronicles 16:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसाका कुरा बेन-हददले माने र आफ्ना सेनासाथ सेनापतिहरूलाई इस्राएलका सहरहरूमा आक्रमण गर्न पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डारका सहरहरू कब्जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार सहरहरू जिते।
Nepali ERV (पवित्र बाइबल)
बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।