2 Chronicles 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि आसा राजाले सारा यहूदाबाट मानिसहरू भेला गरे र बाशाले रामामा चलाउँदैगरेको सबै काठ-पात र ढुङ्गाहरू लगेर जाने आज्ञा गरे अनि गेबा र मिस्‍पा सहरहरू सुरक्षित पार्न ती काठ-पात र ढुङ्गाहरू काममा लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्‍पालाई मजबूत पार्न ती प्रयोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित बोलाए। तिनीहरू रामा शहरमा गए ढुँङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुँङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।