2 Chronicles 17:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापातकहाँ कोही पलिश्तीहरूले धेरै चाँदी र अन्य उपहारहरू र केही अरबीहरूले ७,७०० भेडा र ७,७०० बोकाहरू ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।
Nepali ERV (पवित्र बाइबल)
केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।