2 Chronicles 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिक्रीका छोरा अमसिया तेस्रो दर्जामा सेनापति थिए। तिनीसित २,००,००० सिपाहीहरू थिए। (अमसिया परमप्रभुको सेवाको निम्ति आफ्नै इच्छाले काम गर्न आएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्ति स्वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।