2 Chronicles 17:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशापातको हातमा यहूदा राज्यको शासन दरिलो गराउनुभयो। सबै मानिसहरूले तिनीकहाँ उपहार ल्याउँथे र उनी धनी-मानी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।