2 Chronicles 17:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले राज्‍य गरेको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन यी अधिकृतहरूलाई पठाए— बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकाया। तिनीहरूसित नौ जना लेवी र दुई जना पूजाहारीहरू पनि गएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।