2 Chronicles 18:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उनी आहाब राजाको सामु आए, राजाले सोधे, “मीकाया, म र राजा यहोशापात गई रामोतमा आक्रमण गरौं कि नगरौं?” मीकायाले जवाफ दिए, “आक्रमण गर्नुहोस्। निश्चय, तपाईंहरूले जित्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?” तिनले भने, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि त्यो तपाईंको हातमा पर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”