2 Chronicles 18:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले सोध्‍नुभयो, ‘कसले आहाबलाई छल्‍नेछ र त्‍यो रामोतमा जानेछ र मारिनेछ?’ कुनैकुनै स्‍वर्गदूतले एउटा कुरा भने र अरूहरूले अर्को कुरा भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले भन्‍नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्‍यहाँ त्‍यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्‍नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।