2 Chronicles 18:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वर्षपछि यहोशापात आहाबसित भेट गर्न सामरिया सहरमा गए। यहोशापात र उनीसित गएका मानिसहरूका आदर-सत्कार गरेर आहाबले भोजको निम्ति धेरै भेडा र गोरुहरू मार्न लाए। उनले यहोशापातलाई आफूसित मिलेर गिलादको रामोत सहरमाथि आक्रमण गर्न राजी पार्ने चेष्टा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्करको निम्ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्साए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए।
Nepali ERV (पवित्र बाइबल)
केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।