2 Chronicles 18:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मीकायाले अन्तमा भने, “त्यसै भएको छ। परमप्रभुले यी तपाईंका अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँ आफैंले त तपाईंको विनाश गर्ने फैसला गरिसक्नुभएको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमेश्वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूँठो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”