2 Chronicles 18:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले यहोशापातलाई भने, “हामी लडाइँमा जाँदा म गुप्‍त भेषमा जानेछु। तपाईं आफ्‍नो राजकीय पोशाक नै लाउनुहोस्।” यसरी इस्राएलका राजा गुप्‍त भेषमा लडाइँ गर्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्‍त भेषमा लड़ाइँमा जानेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌।” अनि इस्राएलका राजा गुप्‍त भेषमा लड़ाइँमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।
Nepali ERV (पवित्र बाइबल)
राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।