2 Chronicles 18:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका राजाले आफ्‍ना रथ सेनाका सेनापतिहरूलाई इस्राएलका राजा छोडी अरू कसैमाथि हमला नगर्नू भनी आज्ञा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामका राजाले आफ्‍ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्‍ने हुकुम दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
Nepali ERV (पवित्र बाइबल)
अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”