2 Chronicles 18:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले यहोशापातलाई देखेर उनलाई नै इस्राएलका राजा हुन् भनिठाने र उनलाई हमला गर्न उनीपट्टि फर्के। तर यहोशापात जोडले चिच्‍च्‍याए र परमप्रभु परमेश्‍वरले उनलाई बचाउनुभयो र त्‍यो हमला उनीबाट पर अर्कोतिर पन्साइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इस्राएलका राजा भनिठानेर तिनलाई आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को सोरले कराए। अनि परमप्रभु तिनको सहायताको निम्‍ति आउनुभयो, र परमेश्‍वरले ती रथका सेनापतिहरूलाई तिनीतर्फबाट अर्कोतिर लानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्‍वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।