2 Chronicles 18:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एक अरामी सिपाहीले काँड हानेको काँड संयोगले आहाब राजाको झिलमको जोर्नीमा पस्‍यो। “म घाइते भएँ। रथ फर्का र रणभूमि छोडेर निस्‍की,” उनले चिच्‍च्‍याएर सारथिहरूलाई भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले आफ्‍नो धनु तानेर जथाभाबी काँड़ हानिपठायो, र त्‍यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्‍यो। राजाले आफ्‍नो सारथिलाई भने, “रथ घुमाएर मलाई रणभूमिको बाहिर लैजा। मलाई चोट लाग्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड हानिपठाउँदा त्यसले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। राजाले रथ हाँक्नेलाई भने, “रथ फर्काएर मलाई लडाइँदेखि बाहिर लैजा। मलाई चोट लागेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।”