2 Chronicles 18:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घमासान लडाइँ भयो। आहाब राजा अरामीहरूतिर फर्केर रथमा अडिएर उभिरहे। घाम डुब्‍दा उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्‍नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्‍म त्‍यही अवस्‍थामा रहे, र सूर्यास्‍त हुँदा तिनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लडाइँ दिनभरि नै मच्‍चिरह्‍यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफै उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।