2 Chronicles 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले जवाफ दिए, “एक जना छन्, यिम्लाको छोरो मीकाया। तर उनले कहिल्यै मेरो लागि असल अगमवाणी भनेनन् र म उनलाई घृणा गर्दछु। उनले सधैँ खराब अगमवाणी कहन्छन्।” “तपाईंले त्यसो भन्नुहुन्न!” यहोशापातले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना त छन्, तर म ती मानिसलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी कहँदैनन्। तिनी खराबी मात्र भन्दछन्। तिनी यिम्लाका छोरा मीकाया हुन्।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्नुहुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।” तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”