2 Chronicles 18:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण आहाब राजाले एक जना महलका अधिकृतलाई बोलाएर झट्टै मीकायालाई बोलाएर ल्‍याउन पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै ल्‍याऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।”
Nepali ERV (पवित्र बाइबल)
तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”