2 Chronicles 19:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हनानीका छोरा येहू अगमवक्ता राजालाई भेट्‍न गए र उनलाई भने, “दुष्‍टहरूलाई मद्दत गर्न र परमप्रभुलाई घृणा गर्नेहरूपट्टि लाग्‍नु ठीक छ भनी के तपाईं सोच्‍नुहुन्‍छ? तपाईंले जे गर्नुभयो, त्‍यसको कारणले आफूमाथि परमप्रभुको क्रोध ल्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए। येहूले यहोशापातलाई भने, “के दुष्‍टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्‍छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्‍टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।