2 Chronicles 19:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापात राजा यरूशलेममा बास गर्थे तापनि पुर्खाहरूका परमेश्वरकहाँ फर्काई ल्याउनलाई तिनी दक्षिणमा बेर्शेबादेखि उत्तरमा एफ्राइमको पहाडी देशका किनारासम्म मानिसहरूकहाँ सधैँ जान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापातको निवासस्थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरतिर फर्काए।
Nepali ERV (पवित्र बाइबल)
यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए।