2 Chronicles 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूलाई यस्तो आदेश दिए, “फैसला सुनाउँदा होशियार रहनू। तिमीहरू मानिसका अधिकारले होइन; तर परमप्रभुको अधिकारले आफ्नो काम गर्छौ। तिमीहरूले फैसला दिंदा उहाँ तिमीहरूसित हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तिनीहरूलाई भने, “तिमीहरू जे गर्छौ, त्यसमा सतर्क होओ। किनभने मानिसहरूका निम्ति होइन तर तिमीहरूले न्यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्ति तिमीहरू न्याय गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
Nepali ERV (पवित्र बाइबल)
योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ।