2 Chronicles 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा यहोशापातले कति लेवी, पूजाहारी र प्रमुख नागरिकहरूलाई न्यायकर्ता खटाए। ती न्यायकर्ताहरूले परमप्रभुका व्यवस्था तोडेका वा सहरका बासिन्दाहरूका बीच भएका कानुनसम्बन्धी झगडाहरूको मुद्दा विचार गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्यवस्था कायम राख्न र मानिसहरूका बीचमा न्याय गर्न नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए।