2 Chronicles 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा परमेश्‍वर परमप्रभुको सम्‍मान्‌मा म एउटा मन्‍दिर बनाउँदै छु। त्‍यो एउटा पवित्र-स्‍थल हुनेछ, जहाँ म र मेरा प्रजाले उहाँको आराधना गर्नेछौं, सुगन्‍धित मसलाका धूप बाल्‍नेछौं, सदैव पवित्र रोटीको भेटी चढाउनेछौं, हरेक बिहान, बेलुका र विश्रामको दिन, औँसी र अरू पवित्र दिनहरूमा परमप्रभु हाम्रा परमेश्‍वरको आदरमा होमबलिहरू चढाउनेछौं। उहाँले इस्राएललाई सदासर्वदा यसो गर्न आज्ञा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मैले पनि परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न र उहाँको सामुन्‍ने सुगन्‍धित धूप बाल्‍न, र अर्पण गरिएको रोटी नित्‍य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्‍यो मन्‍दिर उहाँको निम्‍ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्‍ति यो एउटा अनन्‍तको विधि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म याहवेह मेरा परमेश्‍वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथहरूमा र औँसीहरूमा याहवेह हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।