2 Chronicles 20:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्याह, यहीएल र बनायाहबाट जन्मेका र आसापका गोत्रका पुरुष थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए। यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माँझमा।